उपराष्ट्रपतिको बिरोध, पुत्ला दहन
July 25th, 2008
उपराष्ट्रपति परमानन्द झाले हिन्दीभाषामा सहथ लिएको भन्दै विभिन्न संघ, संस्था, नागरिक मञ्च, पार्टर्ीी कार्यकर्ताहरु, विद्यार्थी लगायत अन्य नागरिकहरु बिरोधमा उत्रिएका छन् ।
 उपराष्ट्रपतिको बिरोधमा काठमाडौंको रानीपोखरी अगाडी भएको बिरोधको तस्वीर |
|
|
|
|
|
|
|
काठमाडौं श्रावण १० । उपराष्ट्रपति परमानन्द झाले हिन्दीभाषामा सहथ लिएको भन्दै विभिन्न संघ, संस्था, नागरिक मञ्च, पार्टर्ीी कार्यकर्ताहरु, विद्यार्थी लगायत अन्य नागरिकहरु बिरोधमा उत्रिएका छन् । आजपनि देशका विभिन्न ठाउ "मा बिरोध जारी रहेको छ । विद्यार्थीहरु बिहानैदेखि सडकमा उत्रिएका छन् । आज विहानै देखि काठामाडौंका मिनभवन, जमल, कोटेश्वर, मित्रपार्क लगायतका विभिन्न क्षेत्रमा तनाव शुरु भएको छ । त्यस्तै बर्दियामा उपराष्ट्रपतिको पुत्ला पनि जलाइएको छ । बिराटनगरका यातायात मजदुरहरुले आज बिहानबाट चक्काजाम गर्नुका साथै बिराटनगर बन्द गरेका छन् । नेपाली भाषाको अपमान भएको भन्दै उपराष्ट्रपतिले फेरि नेपाली भाषामा सपथ लिनु पर्ने माग उनीहरुले राखेका छन् ।
|