काठमाडौं श्रावण १० । भक्तपुरमा यातायात व्यवसायीहरुले आज विहानै देखि आन्दोलन शुरु गरेका छन् । आजको कार्यक्रम अनुसार बिहान ११ बजेसम्म यातायात ठप्प परिएको थियो । यदि सरकारले आफ्ना मागहरुलाई उचित संबोधन नगरे चरणबद्ध रुपमा आन्दोलनमा जाने उनिहरुले बताएका छन् । सिण्डीकेट प्रणालीलाई व्यवस्थीत नगरेको, इन्घन सहज रुपमा नपाएको र विद्यार्थीहरुलाई दिएको सहुलियत अनुसारको सुविधा यातायात व्यवसायीलाई नदिएको भन्दै उनीहरुले आन्दोलन गरेको जनाएका छन् ।