काठमाडौं श्रावण १० । सरकारले निर्धारण गरेअनुसारको सुहलियत यातायात व्यवसायीहरुले नदिएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरु सहमतिमा आएका छन् । हिजो विद्यार्थीहरुलाई निर्धारण गरे अनुसारको भाडा छुट कायम गर्ने र पुनः भाडा रेट तयार पार्ने सहमति भएपनि उनीहरुको आफ्नो आन्दोलनको सबै कार्यक्रमहरु फिर्ता लिएका छन् ।