काठमाडौं श्रावण ११ । उपराष्ट्रपति परमानन्द झाले हिन्दीभाषामा सहथ लिएको भन्दै विभिन्न संघ, संस्था, नागरिक मञ्च, पार्टर्ीी कार्यकर्ताहरु, विद्यार्थी लगायत अन्य नागरिकहरु बिरोधमा उत्रिने क्रम आज पनि जारी रहेको छ । आफ्नो देशको राष्ट्रिय भाषा र राष्ट्रिय पोशाको अपमान गरेको भन्दै आजपनि देशका विभिन्न ठाउ
"मा बिरोध जारी रहेको छ । झापा र हेटौंडामा बजार बन्द गरिनुका साथै विद्यार्थीहरु बिहानैदेखि सडकमा उत्रिएका छन् । आज विहानै देखि उपराष्ट्रपतिको गृहजिल्ला सप्तरीमा पनि पर््रदर्शन भएको छ । पर््रदर्शनका क्रममा यातायात ठप्प पारिनुका साथै बजार पनि बन्द रहेको छ । आम माफी माग्नु पर्ने माग सहित उनीहरु ब्रि्रोहमा उत्रिएका हुन् । हिजो उपराष्ट्रपतिले हिन्दीमा सपथ लिएर देशको राष्ट्रिय भाषा र राष्ट्रिय पहिरनको अपहेलना गरिएको भन्दै सर्वोच्च अदातलमा मुद्दा पनि दायर भएको थियो ।