News Home | BigNepal.com

    
 MENU
SEARCH
WebSite  
 
Home Page > Nepal

जनबिरोध आजपनि


July 27th, 2008


सात विद्यार्थी संगठनले भोलि उपत्यका बन्द गर्ने चेतावनी दिएका छन् ।

उपराष्ट्रपति परमानन्द झाले हिन्दीभाषामा सहथ लिएर देशको राष्ट्रिय भाषा र भेषभुषाको अपमान गरेको भन्दै काठमाडौंमा भएको बिरोध
 RELATED ARTICLES
माओवादी आज साना...

आज बिहानैदेखि...

सरकार गठनको छलफल...

आज दिउसो २ बजे देखि...

र्सार्क शिखर...

१५ औं र्सार्क शिखर...

काठमाडौं श्रावण १२ । उपराष्ट्रपति परमानन्द झाले हिन्दीभाषामा सहथ लिएर देशको राष्ट्रिय भाषा र भेषभुषाको अपमान गरेको भन्दै आज पनि काठमाडौं लगायत देशका विभिन्न ठाउ

"मा बिरोध भएको छ । बिहानै देखि सात विद्यार्थी संगठनले राजधानीको पुतलीसडक, चावहिल, गौशाला, रत्नपार्क, अनामनगर साथै अन्य चोकचोकमा बिरोध गरेका छन् । पुतलीसडकमा उपराष्ट्रपति झाको पुत्ला दहन गरि चर्को नाराबाजी पनि गरिएको छ । र्सवसाधारण पनि बिरोधमा उत्रिने क्रम जारी रहेको छ । हेटौंडामा बजार बन्द गरिनुका साथै विद्यार्थीहरु बिहानैदेखि सडकमा उत्रिएका छन् । हिजो झापामा गरिएको बन्दको अवज्ञा गरेको भन्दै बन्द आव्हानकर्ताले आधा दर्जन भन्दा बढी यातायात तोडफोड भएको छ । आज पनि झापामा पर््रदर्शनका क्रममा यातायात ठप्प पारिनुका साथै बजार पनि बन्द रहेको छ । आम माफी माग्नु पर्ने माग सहित उनीहरु ब्रि्रोहमा उत्रिएका हुन् । उपराष्ट्रपतिले हिन्दीमा सपथ लिएर देशको राष्ट्रिय भाषा र राष्ट्रिय पहिरनको अपहेलना भएको भन्दै विद्यार्थीहरुले राजिनामा माग गरेका छन् ।


5 / 5 (2 Votes)


PHOTO GALLERY

 
 

    
© BigNepal.com.
All Rights Reserved.
Terms under which this service is provided to you.