News Home | BigNepal.com

    
 MENU
SEARCH
WebSite  
 
Home Page > Nepal

जनबिरोध तीब्र, हरेक क्षेत्रमा जुलुस


July 28th, 2008


आफ्नो देशको राष्ट्रिय भाषा र राष्ट्रिय पोशाको अपमान गरेको भन्दै आजपनि देशभरि बिरोध जारी रहेको छ । हिजो र अस्तिको भन्दा आज झन आन्दोलन चर्किएको छ ।

कलेजका विद्यार्थीहरु उपराष्ट्रपतिको पुत्ला दहन गर्दै
 RELATED ARTICLES
माओवादी आज साना...

आज बिहानैदेखि...

सरकार गठनको छलफल...

आज दिउसो २ बजे देखि...

र्सार्क शिखर...

१५ औं र्सार्क शिखर...

काठमाडौं श्रावण १३ । उपराष्ट्रपति परमानन्द झाले हिन्दीभाषामा सहथ लिएको भन्दै विभिन्न संघ, संस्था, नागरिक मञ्च, पार्टर्ीी कार्यकर्ताहरु, विद्यार्थी लगायत अन्य नागरिकहरु बिरोधमा उत्रिएका छन् । सपथ ग्रहण जस्तो ऐतिहासिक दिनमा उहा

"ले घोती सुरवाल र हिन्दी भाषाको प्रयोग गर्नुभएको थियो । आफ्नो देशको राष्ट्रिय भाषा र राष्ट्रिय पोशाको अपमान गरेको भन्दै आजपनि देशभरि बिरोध जारी रहेको छ । हिजो र अस्तिको भन्दा आज झन आन्दोलन चर्किएको छ । बिरोधका कारण सम्पर्ूण्ा यातायात ठप्प हुनुका साथै विद्यालय पठन पाठन र व्यापारिक संघ, संस्थापनि बन्द भएको छ । उपत्यकामा मात्र नभएर देशभरिका प्राय सबै ठाउ"मा बिरोध भैरहेको छ । झापा र हेटौंडामा बन्द गरिएको बजार आज पनि बन्दनै छ । सम्पर्ूण्ा सरकारी कलेजका विद्यार्थीहरु आज बिहानैदेखि सडकमा उत्रिएका छन् । आज बिहानै चावहिल स्थित पशुपति क्याम्पस अगाडी ३ मोटरसाइकलमा आगजनि गरिएको छ । त्यस्तै बानेश्वरमा पनि आज विहानै देखि टायर बाली आन्दोलन गरिएको छ । उपराष्ट्रपतिको गृहजिल्ला सप्तरीमा पनि पर््रदर्शन भएको छ । पर््रदर्शनका क्रममा यातायात ठप्प पारिनुका साथै बजार पनि बन्द रहेको छ । आम माफी माग्नु पर्ने माग सहित उनीहरु ब्रि्रोहमा उत्रिएका हुन् । उपराष्ट्रपतिको राजीनामाको पनि माग गरिएको छ ।


5 / 5 (1 Votes)


PHOTO GALLERY

 
 

    
© BigNepal.com.
All Rights Reserved.
Terms under which this service is provided to you.