उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा लिनुभएको सपथविरुद्ध दायर गरिएको सो रिट निवेदनको प्रारम्भिक निर्ण्र्ाासर्वोच्च अदालतले आज सुनाउदै छ ।
काठमाडौं श्रावण १२ । उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा लिनुभएको सपथ बदर गर्न माग गर्दै अस्ति सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो । उपराष्ट्रपति परमानन्द झाले हिन्दीमा लिनुभएको सपथविरुद्ध दायर गरिएको सो रिट निवेदनको प्रारम्भिक निर्ण्र्ाासर्वोच्च अदालतले आज सुनाउदै छ । हिजो रिट निवेदनको प्रारम्भिक बहस सकिए पनि न्यायाधिस दामोदर प्रसाद शर्माले समय अभाव भएका कारण निर्ण्र्ााआज सुनाउने बताउनुभएको थियो ।
हिजो रिट निवेदनको तर्फाट अधिकक्ताहरु बालकृष्ण न्यौपाने, टिकाराम भट्टर्राई, कुमार रेग्मी, माधव बस्नेत, राजकुमार थापा लगायतले बहस गर्नुभएको थियो । उहा
"हरुले उपराष्ट्रपति झाले हिन्दी भाषामा पद तथा गोपनीयताको सपथ लिनु संविधान विपरीत भएको दाबी गर्नुभएको थियो ।
उक्त रिट निवेदनमा नेपाली भाषामा सपथ नखाएसम्म उपराष्ट्रपतिको हैसियतले गर्ने कामकाजबाट वञ्चित गराउन माग गरिएको छ ।