News Home | BigNepal.com

    
 MENU
SEARCH
WebSite  
 
Home Page > Nepal

उपराष्ट्रपतिलाई पहिलो गाँसमै ढंुगा


July 29th, 2008


उपराष्ट्रपतिले आम माफी माग्नु पर्ने र राजीनामा दिनुपर्ने माग राखेका छन् ।

 RELATED ARTICLES
माओवादी आज साना...

आज बिहानैदेखि...

सरकार गठनको छलफल...

आज दिउसो २ बजे देखि...

र्सार्क शिखर...

१५ औं र्सार्क शिखर...

काठमाडांै श्रावण १४ । कार्यभार सम्भाल्नु अगाडी सपथ ग्रहणकै दिनदेखि उपराष्ट्रपति बिवादमा परेका छन् । हिन्दीमा सपथ लिएका कारण देशभरिका विभिन्न ठाउँमा बिरोध जारी रहेको छ । आज पनि लहानमा तनाव सिर्जना भएको छ । तनाव सिर्जना भएपछि लहानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पर्वतको कुस्मा बजार पनि बन्द भएको छ । त्यस्तै डडेलघुरा बैतडी, दार्चुलाको यातायात र बजार पनि आज बन्द रहेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पनि बिरोध जारी रहेको छ । आज बिहानै काठमाडौंमा चावहिल पशुपति क्याम्पसका विद्यार्थीहरुले ढुंगामुढा गरेका थिए । काठमाडौंको लइनचौरमा पनि आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा स्थिति तनाव ग्रस्त भएको छ । काठमाडौंको अन्य क्षेत्र कोटेश्वर, पुतलीसडक, नयाँ बानेश्वर लगायतका क्षेत्रमा पनि बिरोध जारी रहेको छ ।

विद्यार्थी संगठनले शुरु गरेको सो आन्दोलन विद्यार्थीहरुले फिर्ता लिएपनि आम जनताहरु सडकमा उत्रिने क्रम जारी रहेको छ । उनीहरुले उपराष्ट्रपतिले आम माफी माग्नु पर्ने र राजीनामा दिनुपर्ने माग राखेका छन् ।


5 / 5 (1 Votes)


PHOTO GALLERY

 
 

    
© BigNepal.com.
All Rights Reserved.
Terms under which this service is provided to you.