१५ औं र्सार्क शिखर सम्मेलनमा वर्तमान नेपालका कामचलाऊ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालानै सहभागी हुने निश्चित भएको छ ।
काठमाडौं श्रावण १५ । १५ औं र्सार्क शिखर सम्मेलनमा वर्तमान नेपालका कामचलाऊ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालानै सहभागी हुने निश्चित भएको छ । आज बिहानैदेखि प्रधानमन्त्री निबास बालुवाटारमा बसेको चार ठूला दलको छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरमबीचको लामो छलफलपछि उनी जाने निश्चित भएको हो ।
सम्मेलन अगाडि अन्य दलस
"ग छलफल नगरेकोमा प्रधानमन्त्री कोइरालाले गल्ती स्वीकार गरेका थिए । उनले सरकारका तर्फाट आत्मालोचना गरेपछि दलहरुले कोइरालाको सहभागितालाई स्वीकार गरेका थिए । कोइराला सहभागी नभए श्रीलंकामा आयोजना हुनलागेको सम्मेलन रोकिने खतरा बढेपछि श्रीलंकाका राजदूतले दलहरुलाई त्यसबारे जानकारी गराएका थिए । परिस्थितिलाई बुझिदिन राजदूतले बारम्बार आग्रह गरेपछि माओवादी र एमाले कोइरालालाई नै र्सार्क सम्मेलनमा सहभागी गराउने निर्ण्र्ाागरेका हुन् । यसअघि नेकपा माओवादी र नेकपा एमालेले राष्ट्रपतिलाई र्सार्क सम्मेलनमा सहभागी गराउ"ने सहमति भएको थियो ।