काठमाडौं श्रावण १७ । नेकपा माओवादीले सरकार गठनका लागि आज न्यूनतम साझा कार्यक्रम तय गर्ने भएको छ । बैठक केहिबेर अघि मात्र पार्टर्ीीार्यालया बुद्धनगरमा शुरु भएको छ । केन्द्रीय समितिको बैठक आज सकिने र सरकार गठनका लागि न्यूनतम साझा कार्यक्रम तय गरिने माओवादी नेताहरुले जनाएका छन् । आजको बैठकले दलहरुबीचको सहकार्य, शान्तिप्रकृया, जनतालाई दिन सकिने राहत लगायतका विषयमा साझा कार्यक्रम बनाउने तयारी भइरहेको माओवादी नेता देव गुरुङले जानकारी दिनुभयो । आजको छलफलपछि न्यूनतम नीति तथा कार्यक्रमका लागि एउटा समिति बनाउने र त्यसले अन्तिम रुप दिएपछि अरुदलस
"ग छलफल गरेर सहमति जुटाउने स्रोतले जनाएको छ ।
हिजो शुरु भएको बैठकमा पनि सदस्यहरुले नीति तथा कार्यक्रममा सहमति जुटाएर सरकार गठन गर्नुपर्ने धारण राखेका थिए । यद्यपी हिजोको छलफलमा विभिन्न केन्द्रीय नेताहरुले सरकारमा आफ्नो पार्टर्ीीान नहुने राय पनि व्यक्त गरेका थिए ।