विराटनगर श्रावण १८ । देशका शान्ति दिगो रुपमा कामय गर्न माओवादीको नेतृत्वमा सरकार गठनका लागि प्रयास भैरहेकै बेला बिराटनगरमा भने हिजो बेलुकी बम बिस्फोट भएको छ । बिराटनगरको रङ्गेलीमा सो बम बिस्फोट भएको हो । बिराटनगर स्थित तरुण दल जिल्ला अध्यक्षको घर अगाडी सो बम बिस्फोट भएको थियो । कुन उदेश्यले सो बिस्फोट गरिएको र कसले सो बिस्फोट गराएको अहिले सम्म खुल्न सकेको छैन ।