काठमाडौं श्रावण १७ । ४० जना तिर्थ यात्रु बोकेको बस सडकबाट सय फिट तल अलकानन्द नदीमा खसेपछि नेपालबाट भारतको प्रसिद्ध तिर्थ स्थल बद्रि केदार तिर्थ यात्रामा गएका ३६ नेपालीको मृत्यु भएको थियो । सो दर्ुघटनामा मृत्यु भएका २३ नेपालीको शव अहिले काठमाडौं ल्याइ
"दै छ । गए राति ३ः४० मा भारतबाट शव बोकेका गाडिहरु कन्ञ्चनपुरको महेन्द्रनगर ल्याईएको थियो । शवलाई काठमाडौं ल्याउनका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर महेन्द्रनगर पुगिसकेको छ ।
मृत्यु हुनेमा कुमारी बराल, सीताराम श्रेष्ठ, पुस्कर सुवेदी, रमा सुवेदी, चनमति रुकु, अलिया श्रेष्ठ, गीता श्रेष्ठ, अलफा नारायण न्यौपाने, सीता न्यौपाने, नन्द कुमार मानन्धर, नानि मैया
" तामाङ, नानु थापा, भरत सुवेदी, भगवती सुवेदी, श्रीधर सुवेदी, मरारी मानन्धर, माधव नारायण मानन्धर, रामकृष्ण कार्की, बाबु काजी कार्की बालगोपाल विष्ट रहेका छन् ।