आज दिउसो २ बजे देखि माओवादीको संसदीय दलको कार्यालयमा प्रमुख तीन दलको छलफल हुने बुझिएको छ ।
काठमाडौं श्रावण २० । सहमतिको सरकार निर्माण गर्नको लागि दलहरुले छलफललाई व्यापक तीव्रता दिएका छन् । राष्ट्रिय सहमतिको आधारमा नै सरकार गठनका लागि आज प्रमुख चार दलको बैठक बस्ने भएको छ । सरकार गठनका लागि राष्ट्रपतिद्वारा दिइएको समयावधी सकिन एक दिन मात्र बा
"की रह"दा दलहरुको छलफल र परामर्शले तीब्रता लिएको हो ।
आज नेकपा माओवादीले अरु प्रमुख तीन दलस
"ग संयुक्त छलफल गर्ने जनाएको छ । आज दिउसो २ बजे देखि माओवादीको संसदीय दलको कार्यालयमा प्रमुख तीन दलको छलफल हुने बुझिएको छ । सो बैठकमा आज माओवादीले अघि सारेका नीति तथा कार्यक्रम र सहमतिय सरकारको अवधारणाका विषयमा छलफल गर्ने एमालेका नेताहरुले बताउनुभयो । माओवादीले राष्ट्रिय सहमतिको सरकार गठनलाई पहिलो प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम र्सार्वजनिक गरिसकेको छ ।